PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

करेन्ट लागेर महिलाको मृत्यु



रासस

करेन्ट लागेर महिलाको मृत्यु

भोजपुर: भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो।

खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासी करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र थारु पन्जियारले जानकारी दिए।

शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको र आज परीक्षण हुने प्रहरीले जनाएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell