PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

एमालेमा टिकट विवादः सांसदले लगाए पार्टी कार्यालयमा ताला



राधेश्याम पटेल

एमालेमा टिकट विवादः सांसदले लगाए पार्टी कार्यालयमा ताला

वीरगन्ज: प्रदेश नम्बर २ मा असोज २ को तेस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटलाई लिएर एमाले पर्सामा विवाद भएको छ। टिकट वितरणको विवादलाई लिएर एमालेमा पर्सा २ का सांसद् बिचारी यादव पक्षधरले  पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

पार्टी नेतृत्वले राम्राभन्दा हाम्रालाई प्राथमिकता दिएको भन्दै सांसद यादवको नेतृत्व टोलीले सोमबार वीरगन्जको मनमोहन नगरमा रहेको पार्टी कार्यलयमा तालाबन्दी गरेका हुन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर २० को वडाध्यक्षमा रामकिशोर सिंह परागलाई उम्मेदवार नबनाएको भन्दै सिंहका सर्मथकले पार्टी कार्यालयमा धर्ना दिँदै तालाबन्दी गरेका हुन्। नेता सिंहले पार्टीले आफ्नो कामको अवमूल्यन गरेको आरोप लगाउँदै सामूहिक राजीनामाको चेतावनी समेत दिएका छन्।

यस्तै, पर्सागढी नगरपालिका र बहादुरामाई नगरपालिकाको उम्मेदवार चयनमा पनि पर्सा ३ का सांसद राजकुमार गुप्ताले असहमति जनाइसकेका छन्। उनले निर्णय पुनरावलोकनको माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell