PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

मिटरकाे उल्लघंन गर्ने १८ ट्याक्सीमाथि कारबाही



पहिलोपोस्ट

मिटरकाे उल्लघंन गर्ने  १८ ट्याक्सीमाथि कारबाही

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका विभिन्न अस्पताल अगाडिबाट मिटरमा जान नमान्ने र बढी भाडा उठाउने ट्याक्सीलाई नियन्त्रणा लिई कारबाही गरेको छ।

महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले सोमबार १८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको हाे।

महाशाखाबाट खटिएको टोलीले यात्रुलाई गन्तव्यमा पुर्‍याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै बहाना बनाई यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीलाई कारबाही गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell