PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

लिविया र फ्रान्सका विदेश मन्त्रीबीच राजनीतिक सम्झौताबारे छलफल



रासस

लिविया र फ्रान्सका विदेश मन्त्रीबीच राजनीतिक सम्झौताबारे छलफल
फोटो श्रोतः libyaobserver.ly

ट्रिपोलीः लिविया र फ्रान्सका विदेश मन्त्रीहरुले समसामयीक राजनीतिक अवस्था तथा लिविया र फ्रान्सकाबीचमा भविष्यमा हुने सम्झौताका बारेमा छलफल गरेका छन्। 

राष्ट्रसंघको समर्थन रहेका लिवियाका विदेश मन्त्री मोहम्मद सायालाले फ्रान्सका विदेशमन्त्री जेन यभेस ले ड्रिअनलाई लिवियाको राजधानी ट्रिपोलीमा भेटेका हुन्। 

लिवियाको विदेश मन्त्रालयको सञ्चार विभागले दुई पक्षका अधिकारीहरुकाबीचमा समसामयिक राजनीतिक घटनाक्रम र भावी सम्झौताका बारेमा छलफल भएको जनाएको छ। 

भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा फ्रान्सका विदेशमन्त्रीले तत्काल राजनीतिक संकट समाधान गर्न र लिवियाको स्थायित्वतर्फ जोड दिएका थिए। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell