PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

८७ हजार नक्कली स्टीकरसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ



रासस

८७ हजार नक्कली स्टीकरसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

वीरगञ्ज :  आन्तरिक कार्यालयको छाप अंकित ५० किलो (८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय नागरिक वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ। 

भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ।

कार्यालयकाअनुसार सो स्टीकर काठमाडौंको बौद्धस्थित हरिओम ट्रेडिङ प्रालिको रहेको अनुसन्धानबाट खुल्न आएको छ।

स्टीकर आन्तरिक राजस्व विभागले मात्र मगाउने कानुनी प्रावधान रहे पनि हरिओम ट्रेडिङ प्रालिले कसरी ल्यायो भन्नेबारेमा छानबिन भइरहेको छ। 

आन्तरिक राजस्व कार्यालयका निमित्त प्रमुख रञ्जीता दत्तले अभियुक्त गुप्तालाई थुनामा राखी बयान लिने काम भइरहेको जानकारी दिइन्। 
यसै बीच, वडा प्रहरी कार्यालय बिर्ताले गएराति वीरगञ्ज महानगरपालिका–५ कारागार क्षेत्रमा रहेको एक घरमा छापा मारी २० लाख मूल्य बराबरका कपडा बरामद गरेको छ। 

सो घरमा डेरा लिई बस्दै आएका उमाशंकर पण्डितले भारतबाट अवैध रुपमा कपडा तस्करी गरी उक्त घरमा राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको प्रहरी निरीक्षक अनीशकुमार कर्णले बताए। फरार पण्डितको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell