PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

फिल्म 'ऐश्वर्य'को पहिलो पोस्टर, तीन पात्रको फिचरिङ



पहिलोपोस्ट

फिल्म 'ऐश्वर्य'को पहिलो पोस्टर, तीन पात्रको फिचरिङ

काठमाडौं: फिल्म 'ऐश्वर्य'को पहिलो पोस्टर सार्वजनिक भएको छ। फिल्मले कथाको थिम प्रस्ट्याउन सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य तीन पात्र रमेश उप्रेती, दीपिका प्रसाईं र प्रशान्त ताम्राकारको फिचरिङ रहेको छ।

फिल्म प्रचारका लागि पोस्टर अघि टिजर र गीत सार्जजनिक छन्। टौवा क्रियसनको डिजाइन रहेको पोस्टरमा पात्रहरु बीचको द्वन्देव केन्द्रमा छ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनय क्षेत्रको दुई पुस्ता एकसाथ देखिएका छन्। वैश्णु देवि फिल्म ब्यानरको प्रस्तुती रहेको फिल्मलाई किरण राणा उप्रेती, अर्जुन श्रेष्ठ र निर्मल शर्माले निर्माण गरेका हुन्। फिल्ममा कलाकारहरु रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, अर्जुन जंग शाही, तेन्जु योन्जन, बिकास खतिवडा, अमृत पोखरेल, सुनिता ठाकुरको अभिनय रहेको छ।

छायांकार सुदिप बरालले खिचेको फिल्ममा संगीत अर्जुन पोखरेल र बिराज गौतमले दिएका हुन् भने हिमाल केसीको द्वन्द्ध रहेको छ। फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell