PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

'जिरे खुर्सानी'को नयाँ गीत, टेलिश्रृङ्खला प्रशारण कहिलेबाट?



पहिलोपोस्ट

'जिरे खुर्सानी'को नयाँ गीत, टेलिश्रृङ्खला प्रशारण कहिलेबाट?

काठमाडौं: टेलिश्रृङ्खला 'जिरे खर्सानी' पुन: प्रशारण हुने खबर सार्वजनिक भएको थियो। सिरियलको टाइटल गीत छायांकन भएको थियो। यही भदौ २२ गतेबाट टेलिश्रृङ्खला सुरु हुने बताइएको छ।

मिडिया हबको आन्तरिक समस्याका कारण बन्द रहेको हाँस्य टेलिश्रृङखला 'जिरे खुर्सानी'का निर्माण युनिट एवं कलाकार फिल्म क्षेत्र र स्टेज कार्यक्रममा सक्रिय रहेका थिए। फिल्म युनिटको सहकार्यमा बनेको छक्कापञ्जा ब्लकबस्टर साबित भयो र हाल सोही युनिट छक्कापञ्जा २ प्रचार प्रशारणमा व्यस्त छन्।

‘जिरे खुर्सानी’को नयाँ संस्करण लेखक तथा निर्देशक गरेका छन् कलाकार जितु नेपालले। टेलिश्रृङ्खला बारे आयोजना गरेको प्रेस सम्मेलनमा भने,'जिरे खुर्सानीमार्फत सानो पर्दाबाटै अभिनय यात्रा सुरु भएको थियो। फिल्म गरियो सफल पनि भयो। तर सानो पर्दाबाट टाढिएको भने पक्कै थिईंन।' त्यसैले जिरे खुर्सानी प्रसारण पुन: सुरु गर्ने बारे बताए। भने,'राजनीति र समाजिक विषयमाथी नै कथा केन्द्रित रहनेछ।'

सोमबार जिरे खुर्सानीको शीर्ष गीतसमेत सार्वजनिक भएको छ। जिरे खुर्सानीको शीर्ष गीतमा टंक बुढाथोकीको संगीत छ भने स्वर संगीतकार टंक र जितु नेपालकै रहेको छ। गीतलाई जितु नेपालले लेखेका हुन्। जुन गीत पुरानो संस्करणमा फरक भाकामा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell