PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

राजसंस्थाको उपस्थिति एकीकृत राप्रपा(राष्ट्रवादी)को एजेण्डा 



पहिलोपोस्ट

राजसंस्थाको उपस्थिति एकीकृत राप्रपा(राष्ट्रवादी)को एजेण्डा 

काठमाडौं : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टीका एजेण्डा सार्वजिनिक गरेको छ। 

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टीले बौद्ध, किराँत, मसुलमान तथा अन्य सबै धर्मको सम्मान गर्दै नेपाललाई  हिन्दू राष्ट्र कायम गर्ने, राष्ट्रपतिको रुपमा राजसंस्थाको उपस्थिति कायम गर्ने, भ्रष्टाचारको उन्मूलन अभियान सुरु गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्नेलगायतका एजेण्डा सार्वजनिक गरेको हो। 

पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले माथिल्लो संसदमा समानुपातिका जनप्रतिनिधिहरुको उपस्थिति कम हुनुपर्ने बताए। उनले भने,‘हाम्रो मुलुकमा अस्थिर राजनीतिले जरा गाडेको छ, हाम्रो पार्टीले स्थिर राजनीतिक संस्कारका लागि कदम चाल्नेछ, हाम्रो पार्टी समावेशी राष्ट्रवाद, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको दर्शन बोकेको पार्टी हो। यसै अनुरुप जनताको बीचमा जान्छ।’

पाँच महिना अघिमात्रै निर्वाचन आयोगबाट मान्यता पाएको पार्टीले ६० जिल्लामा  जिल्ला कमिटी गठन गरिसकेको अध्यक्ष लोहनीले जानकारी दिए। 

वर्तमान राजनितिक अस्थिरताको अन्त्य गर्न प्रत्यक्ष प्रधानमन्त्री चुनिनु पर्ने पक्षमा रहेको पार्टीले राष्ट्राध्यक्षको रुपमा राजसंस्था हुनुपर्ने माग गरेको छ। 

त्यस्तै, अध्यक्ष लोहनीले शक्तिशालीको रुपमा रहने केन्द्र सभामा देशमा रहेका सबै जातजाति र समुदायको प्रतिनिधित्व जनसंख्याको अनुपातमा सुनिश्चित गर्नुपर्ने जोड दिए। 

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित हुनुपर्ने अडान दोहोर्याउँदै अध्यक्ष लोहनीले आफूहरुले भने जस्तो नेपालको शासन व्यवस्था सञ्चालन नभएको खण्डमा वैदेशिक हस्तक्षेप बढ्ने दावी गरे। 

पार्टीका एजेण्डालाई मूर्तरुप दिन भदौ २१ गते राजधानीका विभिन्न स्थानमा कोणसभा गर्ने, २२ गते कोटेश्वरमा बृहत्त मोटरसाईकल र्‍याली निकाल्ने, २३ गते बबरमहलदेखि र्‍याली निकालेर नयाँवानेश्वरमा पुगी कोणसभामा परिणत हुने पार्टीले जानकारी दिएको छ।  

उनले असोज २ गते हुने प्रदेश नम्बर २ स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले भाग नलिने जानकारी दिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell