PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

चिनियाँ राष्ट्रपतिले भने–चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्ध आवश्यक 



रासस

चिनियाँ राष्ट्रपतिले भने–चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्ध आवश्यक 
फोटो श्रोतः http:indianexpress.com

चीन :  चिनियाँ राष्ट्रपति सि जिङपिङले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्ने बताएका छन्।  

ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति सि जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएकाे भेटवार्तामा उनले चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको र दुई देश बीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिए।  

चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अरु विभिन्न पाँच सिद्धान्तका आधारमा सम्बन्ध विकास गर्ने तथा साथ साथमा कामगर्न चाहेको पनि चिनियाँ राष्ट्रपति सि जिङपिङले  भेटमा बताएका थिए।

दुवै देशले आपसी एवम् पारस्परिक राजनीतिक विश्वासका आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा उनको जोड थियो। यसले पारस्पारिक सहयोगमा अभिबृद्धि र आपसी हितको विकास गर्नेमा उनले भेटका क्रममा जोड दिएका थिए। 

चीन र भारत बीच अर्को छिमेकी देश भुटानकोसमेत सीमाक्षेत्रमा पर्ने दोक्लाममा हालैमात्र आआफ्ना सैनिक उपस्थितिको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। 

त्यसयता यी दुई देशका नेताहरुबीच पहिलो पटक साक्षात्कार भएको हो। त्यसैले पनि यस भेटलाई विश्लेषकहरुले सम्बन्ध सुधारका लागि एक महत्वपूर्ण अवसरका रुपमा लिएका छन्। रासस/ सिन्ह्वा/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell