
काठमाडौं : एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत नेपाल र ताजिकिस्तानबीचको खेलमा नेपाल २ गोल अन्तरलेपछि परेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा ताजिकिस्तानले पहिलो हाफको खेलमा २ गोलले अग्रता राखेको हो।
ताजिकिस्तानले ५ मिनेटको अन्तरमा दुई गोल गरेको छ। दोस्रो गोल नेपालका गोल किपरले क्लियर गर्न नसक्दा भएको थियो ।