PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मनाङमा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते



रासस

मनाङमा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

मनाङ :  मनाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन्। 

दुर्घटनामा नेस्याङ गाउँपालिका– ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ। नेस्याङ गाउँपालिका–१ स्थित स्वर्गद्वारीमा जिप  दुर्घटना भएको हो। 

नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङ आइरहेको ग१ज ६३१५ नम्बरको जिप भ्राताङ खोला नजिकै दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। जिप सडकबाट करिब ५० मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell