
काठमाडौं : एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत नेपाल र ताजिकिस्तानबीचको खेलमा नेपाल २-१ ले पराजित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा ताजिकिस्तानले पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। ताजिकिस्तानले ५ मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।
नेपालको तर्फबाट विमल घर्तीमगरले ६१ औँ मिनेटमा एक गोल फर्काए। अन्ततः नेपाल २-१ ले पराजित हुनपुग्यो।