काठमाडौं: लोक गीत ‘छोरो’को अडियो तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। कर्ण रसाइलीको स्वर रहेको उक्त गीतमा गायक बिरही कार्कीको शब्द तथा लय रहेको छ।
गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन्। कालाकार तथा निर्देशक मोहन निरौला, बिद्या कार्की, लिला गिरी, मोहन सिंङ जिपी, विशाल कार्की लगायतको फिचरिङ रहेको छ।
भिडियोमा परदेशिएको शिक्षित छोरो विदेशिएको र उसकै यादमा रहेका आमाबुवाको कथा केन्द्रमा रहेको छ।