PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

थोत्रा बाइक टेकु लैजानुस् र २५ हजार छुट पाउनुस्



पहिलोपोस्ट

थोत्रा बाइक टेकु लैजानुस् र २५ हजार छुट पाउनुस्

  • वसन्तराज उप्रेती
काठमाडौं  : तपार्इसँग कुनै पूरानो बाइक छ? गुडाउन नमिल्ने बाइक घरमा थन्क्याएर राख्नुभएको छ भने तपार्इको भाग्य खुल्यो।

शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले कुनैपनि थोत्रा बाइकलार्इ २५ हजार रुपैयाँ मूल्यांकन गर्छ। त्यो मूल्यांकनका आधारमा टिभिएसका कुनैपनि बाइक खरीद गर्न सकिन्छ।

जगदम्बा मोटर्सले मेगा एक्सचेन्ज मेलाअन्तर्गत यो अफर ल्याएको हो। थोत्रा बाइकको बिलबुक भएकाले मात्रै २५ हजार रुपैयाँ मूल्यांकन पाउनेछन्।

कम्पनीका बजार व्यवस्थापक बिक्रम पौडेल शर्माकाअनुसार विलबुकसहित जस्तोसुकै बाइक ल्याउनेले २५ हजार रुपैयाँ मूल्यांकन गरिने र नयाँ टिभिएस बाइक किन्दा घटाइनेछ।
 
'बाइक ठेलामा हालेर ल्याएपनि मूल्यांकन २५ हजार रुपैयाँ हुन्छ। तर बाइकको विलबुक भने हुनुपर्छ'उनले पहिलोपोष्टसँग भने,थोत्रा बाइक ल्याउने ग्राहकले कुनै पनि टिभिएसका बाइक किन्दा २५ हजार घटाएर किन्न पाउनुहुन्छ।

'टेकुको वैठक पार्टी प्यालेसमा मंगलबारदेखि यो मेला सुरु भएको हो। कम्पनीले एक साताअघि सम्म नक्सालमा यो मेला गरेको थियो।नक्सालमा भएको मेलामा पाँच सय थोत्रा बाइक कम्पनीले लिएर मूल्यांकन गरिसकेको उनले बताए।

शर्माकाअनुसार थोत्रा बाइक लिएर डेढ सयभन्दा बढी नयाँ बाइक बुकिङ समेत भइसकेको छ। उनले एग्रेसिभ बजार विस्तारका लागि 'रिक्स टेकिङ' योजना ल्याएको बताउँदै यसले टिभिएसको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

'हामीले एग्रेसिभ बजार विस्तारका लागि यो योजना ल्याएका हौं। योसँगै थोत्रा बाइकलार्इ हटाउन पनि सहयोगी भूमिका खेल्न योजना ल्याएका हौं'उनले भने। कम्पनीले एक्सचेन्ज अन्तर्गत लिएको सबै थोत्रा बाइक स्क्रयाप गर्नेछ।
 
चौधरी समूहअन्तर्गतको सिजी मोटोकर्पबाट अधिकृत बिक्रेता खोसेपछि शंकर समूहले टिभिएस बाइक बिक्रीका लागि विभिन्न योजना ल्याइरहेको छ।

टिभिएस मोटरसाइकल भारतको तेस्रो ठूलो मोटरसाइकल उत्पादक कम्पनी हो। यो कम्पनीले वार्षिक ३० लाख दुई मोटरसाइकल उत्पादन गर्ने क्षमता छ । 
 
चौधरीबाट व्यापार खोस्दा यो समूहले वार्षिक दुई गुणा भन्दा बढी टिभिएसका मोटरसाइकल विक्री गर्ने प्रतिवद्धता गरेको थियो।

दुर्इ वर्षअघिसम्म  महाबीर अटोले नेपालका ३५ वटा जिल्लामा र बाँकी स्थानमा सिजी अटोले टिभिएस मोटरसाइकल विक्री गर्दै आएका थिए।

टिभिएसका मोटरसाइकल गण्डकी अञ्चलमा सबैभन्दा बढी विक्री भएका थिए। गण्डकी पछि काठमाडौं यसको प्रमुख बजार हो। यो ब्राण्डको अपाचे मोटरसाइकल सबैभन्दा विक्री भएको मोडलमा पर्छ।

यो ब्राण्डको अपाचे, स्टार सिटीलगायतका चार भन्दा बढी मोडल नेपालको बजारमा छन्। टिभिएस स्कुटर पनि नेपालमा निकै चलेको ब्राण्ड हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell