PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

झापामा ट्रकको ठक्करबाट सहचालकको मृत्यु



रासस

झापामा ट्रकको ठक्करबाट सहचालकको मृत्यु

दमक : ट्रकको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ। झापा दमक नगरपालिका –१ दुरसञ्चार कार्यालय नजिकै ना४ख १७२९ नम्बरको ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरेका २५ वर्षीय रुपेश गुरुङको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि स्थानीय लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell