PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

वीरगञ्जमा राजपाबाट मेयरको टिकट राजेशमानलाई, विमल फोरम लोकतान्त्रिकतिर



राधेश्याम पटेल

वीरगञ्जमा राजपाबाट मेयरको टिकट राजेशमानलाई, विमल फोरम लोकतान्त्रिकतिर

वीरगञ्ज : राष्ट्रिय जनता पार्टी नेपालले अगामी असोज २ को स्थानीय तह निर्वाचनका लागि वीरगञ्जको मेयरमा राजेशमान सिंहलाई टिकट दिएको छ।

पार्टी उच्च स्रोतका अनुसार राजेशमान सिंहलाई टिकट दिइएको हो। वीरगञ्जका राजपाका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरुले राजेशमान सिंहले टिकट पाउँदा सामाजिक सञ्जालमा शुभकामना तथा बधाई दिइरहेका छन्। 

उता, राजपामा विवाद नभएको र पार्टीले गर्ने निर्णय नै अन्तिम निर्णय हुने भन्दै आएका विमल श्रीवास्तव विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गर्ने तयारी गरेका छन्। श्रीवास्तवले राजपा परित्याग गरी नमस्कार छाप रहेको फोरम लोकतान्त्रिकमा पत्रकार सम्मेलन गरी प्रवेश गर्ने तयारी गरेको उनी पक्षका एक नेताले बताए।मेयरको टिकटको विषयलाई लिएर एक महिनादेखि दुवै बीच रस्साकस्सी चलिरहेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell