PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

दोस्रो मिस्टर काठमाडौं यसै साता



पहिलोपोस्ट

दोस्रो मिस्टर काठमाडौं यसै साता

काठमाडौं : काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

जमलस्थित राष्ट्रिय नाचघरमा दुईदिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धामा हुने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

पहिलो दिन प्रि जजिङ राउन्ड हुनेछ। हरेक तौलसमूहमा शीर्ष ५ स्थानमा रहने खेलाडी फाइनल चरणमा पुग्नेछन्। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार जित्नेछन्।

हरेक तौलसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मुख्य उपाधि ‘मिस्टर काठमाडौं’ का लागि प्रतिस्पर्धा गराइनेछ। सो उपाधि जित्नेलाई छुट्टै एक लाख नगदबाट पुरस्कृत गरिने छ।

सोही अवधिमा दोश्रो महिला फिट्नेस प्रतियोगिता तथा प्रथम मिस्टर काठमाडौं जुनियर प्रतियोगिता पनि हुनेछ। महिलातर्फ प्रतियोगिता खुला रहेको छ भने जुनियरमा यु–२१ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ। दुवै विधामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell