PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

राजपाले फाइनल गर्‍यो उम्मेदवारको लिस्ट, 'टिकेट नपाएकालाई बाँकी चुनावमा दिने'

राजपाले फाइनल गर्‍यो उम्मेदवारको लिस्ट, 'टिकेट नपाएकालाई बाँकी चुनावमा दिने'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चुनाव बहिस्कार गर्दै आएको राष्ट्रिय जनता पार्टीले तेस्रो चरणमा असोज २ गते हुन लागेको निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली टुंगो लगाएको छ।

६ वटा पार्टीहरुको एकिकरणबाट बनेको राजपा नेपाल पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेको हो। स्थानीय तहको निर्वाचनमा सबै आकांक्षीलाई उम्मेद्वार बनाउन नसकेको जनउँदै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भनेका छन्, 'साथीहरुलाई उम्मेदवार बनाउन नसकेका त्यस्ता नेता तथा नेतृत्वकर्तालाई पार्टीले भविष्यमा  हुने प्रादेशिक एवं केन्द्रीय व्यवस्थापिकाको निर्वाचन तथा पार्टीमा जिम्मेवारी र दायित्व प्रदान गर्दा उच्च मूल्याङकनका साथ स्थान दिइने छ।' 

उनले पार्टीका सबै तह, स्तर, निकाय र स्थानका नेता–कार्यकर्तालाई असोज २ गते सम्पन्न हुने निर्वाचनमा पार्टीको पक्षमा काम गर्न र तोकिएका उम्मेदवारहरुलाई सहयोग गर्न आह्वान गरेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell