
काठमाडौं : यही सेप्टेम्वर ८ (आगामी मंगलबार) देखि मलेसियामा शुरु हुने एसीसी यू-१९ कप इस्टर्न रिजन( एसियन कप छनोट) को पहिलो खेल नेपालले थाइल्याण्डसँग खेल्ने भएकव छ।
एसीसीद्वारा जारि खेल तालिका अनुसार नेपालले सेप्टेम्वर ११ मा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ।
यस्तै दोस्रो खेलमा सेप्टेम्वर १३ मा भुटान तथा तेस्रो खेल सेप्टेम्वर १४ मा सिंगापुरसँग खेल्नेछ।
एसियाका नन टेष्ट प्लेइङ नेशनका यू-१९ टोलीहरुबीच हुने यस प्रतियोगिता यू-१९ एसियाकपको लागि छनोटको आधार समेत रहेका कारण यसलाई एसिया कपको छनोट समेत भनिएको हो।
कूल ८ टिमलाई दुई समूहमा विभाजन गरेर यस प्रतियोगिता खेलाइनेछ। दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् र फाइनल पुग्ने दुई टिम यू-१९ एसिया कपको लागि छनोट हुनेछ।
यस्तो खेल खेल तालिका :