PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या



पहिलोपोस्ट

भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या

बैगलोर : पत्रकार एवम् एक्टिभिस्ट गौरी लंकेशको गोली हानी हत्या भएको छ। मंगलबार राति ५५ वर्षीया पत्रकारलाई उनकै घर बाहिर गोली हानिएको हो। 

प्रारम्भिक रिपोर्ट अनुसार मोटरसाइकलमा आएका तीन जनाले उनीमाथि आक्रमण गरेका थिए। कम्तिमा पनि  सात राउन्ड गोली हानिएको छ। त्यतिखेर उनी घरको मुल ढोका खोल्दै थिइन्। 

तीन गोली उनको टाउको, घाटी र छातीमा लागेको छ। ४ गोली भित्तामा लागे। प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ।

सधैजसो राति ढिलोगरी उनी घर फर्किन्थिन्। ८ बजेतिर उनको घरमा हामीले गोलीको आवाज सुन्यौं र दौडियौं। केही समय त हामीले के भयो अन्दाज पनि गर्न सकेनौं। पछि पो देख्यौं रगतको आहलमा गौरी छिन्,' एक छिमेकीले बताए। 

प्रहरीले घटनाबारे केही जनाएको छैन तर अनुसन्धान सुरु गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell