PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

८८ किलो सुन तस्करी प्रकरणः थप दुई चालक समातिए, मालिक अझै फरार



पहिलोपोस्ट

८८ किलो सुन तस्करी प्रकरणः थप दुई चालक समातिए, मालिक अझै फरार

काठमाडौं : प्रहरीले ८८ केजी सुन तस्करी प्रकरणमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गाडी चालक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाले तस्करीमा प्रयोग भएको गाडी रसुवाबाट केरुङ लैजाने र केरुङबाट रसुवा हुँदै काठमाडौं ल्याउने चालक पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चालकद्वय दाम्पा तामाङ र दिलीप खड्का रहेका छन्। ८८ केजी सुन काठमाडौंसम्म ल्याउन अन्य थप गाडी र चालकसमेत प्रयोग भएकाले खोजी भइरहेको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए्।

सुनका मुख्य मालिक चिनियाँ नागरिकको खोजी भइरहेको उनले बताए। प्रहरीले सोमबार गाडी चालक मनोज अधिकारीसहित ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीबाट बरामद गरेको थियो। अधिकारीमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell