PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नयाँ नोट : कर्मचारीले आजदेखि साट्न पाउने, सर्वसाधरणले एक हप्ता कुर्नुपर्ने

नयाँ नोट : कर्मचारीले आजदेखि साट्न पाउने, सर्वसाधरणले एक हप्ता कुर्नुपर्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल राष्ट्र बैंकले सरकारी कर्मचारीलार्इ आजदेखि नयाँ नोट सट्ने व्यवस्था मिलाएकाे छ। कर्मचारीले आफू कार्यरत कार्यालयको सिफारिस पत्रअनुसार राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट नयाँ नोट साट्न पाउनेछन्। कर्मचारीलाई राष्ट्र बैंकले भदौ ३० गतेसम्म नयाँ नोट उपलब्ध गराउनेछ।

सर्वसाधरण नागरिकले भने भदौ २८ बाट नयाँ नोट साट्न पाउनेछन्। सर्वसाधरणलार्इ मुद्रा व्यवस्थापन विभाग थापाथली काउण्टर र अन्य तीन सरकारी बैंकमा नोट साट्ने व्यवस्था मिलाएकाे छ।
राष्ट्र बैंकको सूचनाअनुसार नाेट साट्न उपत्यकामा रहेका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका शाखा तोकिएका छन्।

उपत्यका बाहिर सरकारी बैंकका शाखासँगै नोटकोष सञ्चालन गरेका अन्य वाणिज्य बैंकहरुले पनि नयाँ नोट साट्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell