PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

पर्सा कांग्रेसमा टिकट विवादः सभापतिको घर घेराउ, अनशन सुरु



राधेश्याम पटेल

पर्सा कांग्रेसमा टिकट विवादः सभापतिको घर घेराउ, अनशन सुरु

वीरगन्जः टिकटको विषयलाई लिएर नेपाली कांग्रेस पर्साका कार्यकर्ताहरुले सभापति अजय द्विवेदीको घर घेराउ गरी अनशन सुरु गरेका छन्। उम्मेदवारको मनोनयन आजै हुँदैछ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ताका वडाध्यक्षका आकांक्षी प्रभुप्रसाद कुर्मी र वीरगन्ज –३१ बस्डीलवाका वडाध्यक्षका आकांक्षी ओकिल मियाको समुहले संयुक्त रुपमा टिकट वितरणको विषयलाई लिएर विरोध जनाएका हुन्।

टिकट नपाए आफूहरु अनशनमै बस्ने उनीहरुले बताएका छन्। पार्टीले आर्थिक चलखेल गरी सुगौली विर्तामा शम्भु मिश्रा र बस्डीलवामा मदन राउत अहिरलाई टिकट दिन लागेको उनीहरुको आरोप छ।

 

‘एमालेका वडाध्यक्ष उम्मेदवार स्वतन्त्रबाट’

एमालेमा पनि टिकट वितरणलाई लिएर विवाद बढेको छ। वीरगन्ज ३१ बेल्वाका सुलेमान अन्सारीले स्वतन्त्रबाट वडाध्यक्षमा चुनाव लड्ने घोषणा गरेका छन्।

वडाध्यक्षमा हिजो दिउँसो दुई बजे आफूलाई र साँझ ६ बजे सोही वडाका राजे महम्मद मियाँलाई टिकट दिएपछि एमाले वडाका ४ सदस्यहरु रामाकान्त चौधरी, रामकैलाश महतो, मैनादेवी महतो र बचिया देवी पासवान समेतले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका हुन्। पार्टीले पुराना नेतालाई अवमूल्यन गरी अरुलाई टिकट दिएको उनीहरुको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell