PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

डेङ्गुका कारण पाकिस्तानमा १७ जनाको मृत्यु, ४ हजारभन्दा बढी प्रभावित



रासस

डेङ्गुका कारण पाकिस्तानमा १७ जनाको मृत्यु, ४ हजारभन्दा बढी प्रभावित
फोटो श्रोतः newslinemagazine.com

पाकिस्तान :  पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा डेङ्गुका कारण जुन १७ गतेदेखि अहिलेसम्म १७ जनाको मृत्यु भएको छ। 

अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण चार हजार २०० नागरिक प्रभावित बनेका छन्।

उनीहरूमध्ये केहीको पाकिस्तानीको पेशावरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

अस्पतालमा उपचारपछि तीन हजार ५०० जना स्वस्थ भई घर फर्केका प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ।

उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको छ भने केहीको गम्भीर समस्याका कारण विशेष निगरानीमा राखेर नियमित उपचार भइराखेको विभागले जानकारी दिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell