PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे अन्तिम चरणमा,  सवारी आवागमन खुल्ला



नरहरि पौड्याल

कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे अन्तिम चरणमा,  सवारी आवागमन खुल्ला

कास्कीः सडकको स्तरोन्नतिसहित कालोपत्रे थालिएको कागबेनी  खिङ्गा हुँदै मुक्तिनाथ जोड्ने सडकमा सवारी आवागमन खुल्ला गरिएको छ। 

ग्रामिण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना डोलिडारको सहयोगमा सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको हो। 

सडक निर्माणको काम पुरै नसकिए पनि स्थानीय प्रशासनले सोह्रश्राद्ध र दशैंलाई मध्यनजर गर्दै बुधबारदेखि कालोपत्रे हुँदै गरेको सडकमा सवारी आवागमन खुल्ला गरेको हो। 

दशैंमा यात्रुको चाप र पर्यटकको सुविधालाई मध्य नजर गर्दै छोटो दुरीको कागबेनी—मुक्तिनाथ सडकमा यातायात सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

‘सडक निर्माणको काम पनि करिव सकिएको छ,नजिकिंदो चाडपर्वसँगै तिर्थयात्री र पर्यटकहरुको सुविधालाई मध्य नजर गरेर दुई महिनादेखि रोकिएको सडक आवागमन खुलाएका हौं’ उनले भने। 

प्रशासनले यसअघि सडक कालोपत्रे गर्ने क्रममा विभिन्न समस्या आइपर्ने जनाउँदै असारको दोस्रो सातादेखि सवारी आवगमन बन्द गराएको थियो। 

सडक बन्द गरेपछि सवारी साधन कागबेनी, झोङ हुँदै मुक्तिनाथ जाने गरेका थिए। 

कागबेनीदेखि मुक्तिनाथसम्म सवारी आवागमनका लागि स्थानीय प्रशासनको सहयोगमा आयोजनाले झोङको बैकल्पिक सडक प्रयोग गरेको थियो। 

चीनसँगको कोरला नाकासम्म पुग्ने यस सडकखण्डको स्तरोन्नतिका लागि डोलीडारले २० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell