PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

गायक अमर विरही गुरुङकाे एकल साँझ



पहिलोपोस्ट

गायक अमर विरही गुरुङकाे एकल साँझ

लोक गायक अमर विरही गुरुङले यही भदौ ३१ गते राष्ट्रिय प्रज्ञा भवन कमलादीमा एकल साँझ प्रस्तुत गर्ने भएका छन्। तमु गुरुङ कलाकार संघको आयोजनामा हुन लागेको कार्यक्रममा उनले आफ्नो जीवनमा रचना गरेका चर्चित गीतहरु प्रस्तुत गर्नेछन।

चार दशकभन्दा लामो सांगीतिक यात्रा गरेका उनका गैरी पर्यो ताल, खोलि रसायो, काठमाडौं सिंह दरबार, गोर्खा कालिका, गोगन पानीमा, काँचो सुरति लगाएत दर्जनौँ गीतहरु नेपाली संगीत बजारमा लोकप्रीय रहेका छन्।

राष्ट्रिय लोक दोहोरि गीत प्रस्तिष्ठान नेपाल, उपत्यका समन्वय समिति र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदको विशेष सहयोगमा हुने कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रमका प्रचार प्रसार प्रमुख गणेश गुरुङले जानकारी गराएका छन्।

 लमजुङको घनपोखरामा जन्मेका अमरले गोरखा दक्षिणबाहु चौथो लगायत उच्च स्तरको राष्ट्रिय अभिनन्दन तथा राष्ट्रिय स्तरको लोक दोहोरी गीतहरुमा प्रथम स्थान हाँसिल गरिसकेका छन्। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको संस्थापक सदस्य हुन्। नेपाली लोक-संस्कृति र कला सास्कृतिको जगेर्नाका लागि एकल साँझ कार्यक्रमको आयोजना गरिएको गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell