PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण : निर्वाचन आयोग



पहिलोपोस्ट

उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण : निर्वाचन आयोग

काठमाडौंः असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का ८ वटा जिल्लाका १३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता उत्साहपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।

बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेद्वारी मनोनयन दर्ता गराउन फाराम  लिने तथा दर्ता गर्नेहरुको भीड लागेको आयोगले जनाएको छ। 

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरुमा विभिन्न राजनीतिक दलका उम्मेद्वार तथा  स्वतन्त्र उम्मेद्वारहरूले उम्मेद्वारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको हो। 

आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ।  निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell