PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सेनाको हवाई कारबाहीमा पूर्वी अफगानिस्तानमा आइएसका ११ लडाकूको मृत्यु



रासस

सेनाको हवाई कारबाहीमा पूर्वी अफगानिस्तानमा आइएसका ११ लडाकूको मृत्यु

काबुल : पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना लडाकू मारिएका छन्। 

अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार ती लडाकूलाई नै लक्षित गरेर अफगान सेनाले बुधबार बिहानै हवाई कारबाही गरेको थियो। 

कारबाहीमा परी ११ जना लडाकू मारिएको पुष्टि गृह मन्त्रालयले गरेको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– आज बिहानै आतङ्ककारीविरुद्ध अफगान सेनाले गरेको कारबाहीका क्रममा ११ जना आतङ्ककारी मारिएका छन्। 

मारिएका ती लडाकू आइएस सम्बद्ध लडाकू रहेका विज्ञप्तिमा जनाइएको छ। आइएस लडाकूले पूर्वी अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सेनासँग भिडन्त गर्ने गरेका छन्।

सोही कारण पनि पछिल्लो समय अफगानिस्तानको सेनाले उनीहरुविरुद्धको कारबाहीलाई तीब्र पारेको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell