PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

यो साता नेपाल आइडलमा भोट गर्न नि:शुल्क



पहिलोपोस्ट

यो साता नेपाल आइडलमा भोट गर्न नि:शुल्क

काठमाडौं: गत साता कुनै प्रतिस्पर्धी  एलिमिनेट नभएपछि सामाजिक सञ्जालमा कार्यक्रम 'नेपाल आइडल'को विरोध भयो। अधिवक्ता यज्ञमणी न्यौपानेले त कार्यक्रम विरुद्ध मुद्दा नै दर्ता गरे।

यो साता भने कार्यक्रम युनिटले यो साता नि:शुल्क भोट गर्न मिल्ने व्यवस्था गरेको छ। नेपाल आइडलको मोबाइल एप डाउनलोड गरी भोट गर्न मिल्ने बनाइएको हो। एसएमएसमार्फत पनि नि:शुल्क भोट गर्न मिल्नेछ। यसबारे नेपाल आइडलको आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिइएको हो। एपमार्फत एक लगइन आइडीले ५ भोटसम्म गर्न सक्नेछन्।

गुनासाहरुको सम्बोधन गर्न नि:शुल्क भोट व्यवस्था गरेको जानकारीमा गुनासाहरु सभ्य भाषामा व्यक्त गर्न समेत आग्रह गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell