PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

श्रीमतीको फिल्म 'अनुराग'मा किन अभिनय नगर्ने भए ऋषी धमला?



पहिलोपोस्ट

श्रीमतीको फिल्म 'अनुराग'मा किन अभिनय नगर्ने भए ऋषी धमला?

काठमाडौं: एलिजा गौतम धमलाले फिल्म बनाउने निश्चित भएको छ। ऋषी धमलाकी श्रीमतीको रुपमा चिनिएकी गौतम अब फिल्म निर्मात्री एवं अभिनेत्री हुने भएकी छिन्। फिल्म क्षेत्रमा डेब्यु बारे भनिन्,'म धमला पत्नीको रुपमा चिनिदा पनि धेरै खुसी छु। तर अब मेरो प्यासन रहेको फिल्म क्षेत्रमा आफै कोही गरेर छुट्टै पहिचान चाहन्छु।



एलिजा गौतमको निर्माण रहने फिल्म 'अनुराग'को बुधबार औपचारिक घोषणा भएको हो। एरिका फिल्मसको ब्यानरमा बन्ने फिल्मलाई सत्यराज चौलागाईको निर्देशन गर्ने बताइएको छ। विभिन्न फिल्ममा सहनिर्देशकको रुपमा काम गरेका उनले अनुरागलाई उत्कृष्ट निर्देशन गर्ने प्रयास गर्ने बताए। सुखान्त मायाको कथा फिल्मको केन्द्रमा रहनेछ। फिल्मलाई किरण दाहालले लेखेका हुन्। त्यस्तै फिल्ममा पटकथा र संवाद निर्देशक सत्यराज साथै आगत केसीले लेखेका हुन्।



फिल्ममा सरोज खनाल, रुपा राणा, एलिजा गौतम र दीपक घिमिरेको मुख्य अभिनय रहनेछ। फिल्म निर्माणका लागि श्रीमतीलाई आफ्नो साथ सदा रहने बताउँदै ऋषी धमलाले भने,'अरु अभिनेत्री विवाह गरेर, छोरीछोरी जन्माएर हराउँछन्, एलिजा जी त दुई सन्तानको आमा बनेपछि फिल्ममा आउनु भएको छ। अब उहाँको फिल्म यात्रा लामो हुनेछ। म साथ दिनेछु।' अनुरागमा तपाईं चाहिं अभिनय नगर्ने? भन्ने प्रश्नमा धमलाले भने,'मैले अरुका लागि हिरो बन्ने अवसर छोडिदिएको।'

आउँदो वर्षको बैशाखमा रिलिज टार्गेट गरेको फिल्म युनिट छठ पछाडी मात्र छायांकनको लागि फ्लोरमा उत्रनेछ। फिल्मको बजेट एक करोड अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell