PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

बनेपामा समातिए सामूहिक बलात्कारमा संलग्न अभियुक्त



रासस

बनेपामा समातिए सामूहिक बलात्कारमा संलग्न अभियुक्त

बनेपाः सामूहिक बलात्कार गरी एक महिलाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेले बनेपामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा काभ्रे भूम्लुटार गाउँपालिकाका राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ का हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिकाका ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोक मेलम्चीका कुलबहादुर भन्ने सीताराम थापा, रामेछाप लखनपुरका प्रकाश परियार र दिलबहादुर प्रधान छन्। 

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक साताअघि मकैबारीमा मृत फेला परेकी बनेपा–१० की ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको थियो। उनीसँग अभियुक्तहरुको विगतमा पनि यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ। 

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले अभियुक्त सबैलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइने बताए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell