
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङ विरुद्ध हुने खेलका लागि १८ सदस्यीय नेपाली क्रिकेट टोली को छनोट गरिएको छ।
नेपालले आगामी अक्टवबर १३ र १५ हङकङसँग उसैको मैदानमा खेल्दैछ।
प्रारम्भिक चरणमा प्रशिक्षणका लागि बोलाइएका २५ खेलाडीबाट पारस खड्काको कप्तानीमा १८ खेलाडी छनोट गरिएको हो।
कप्तान पारस र मुख्य प्रशिक्षक जगत टमाटा सम्मिलत छनोट समितिली नेपाली टोली छनोट गरेका हुन्।
१८ सदस्यीय टोलीमा सुशिल कँडेल र ललित भण्डारीले पहिलो पटक स्थान बनाएका छन्।
पहिलो चरणमा छानिएका मध्ये शक्ति गौचनले स्वास्थ्य समस्याका कारण यसअघि नै टोलीबाट नाम फिर्ता लिएका थिए भने केही दिन अघि विकेटकिपर दीलिप नाथले पनि चोटका कारण क्याम्प छाडेका थिए।
शक्तिको स्थानमा बोलाइएको स्पीनर शहाब आलमले पनि अन्तिम १८ मा स्थान बनाउन सकेनन् भने पीएम कप क्रिकेटका सेन्चुरी प्रहार गर्ने एक मात्र खेलाडी हासिम अन्सारी, अलराउण्डर शौरभ खनाल र फास्ट बलरद्वय विक्रम सोब र अभिनास कर्ण पनि टोलीमा आटाएनन्।
यस्तै च्याम्पियनसिपअन्तर्गत ओपनर सुनिल धमलाले पनि १८ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन्।
१८ खेलाडीबाट हङकङ विरुद्ध खेल्ने अन्तिम १४ खेलाडीको नाम पछि घोषणा हुनेछ भने ४ खेलाडी वैकल्पिकको रुपमा रहनेछन्।
१८ खेलाडीको नाम यसप्रकार छ
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
बसन्त रेग्मी
मेहबुब आलम
सोमपाल कामी
सागर पुन
विनोद भण्डारी
करण केसी
जितेन्द्र कुमार मुखिया
सुशिल कँडेल
कुशल भुर्तेल
ललित भण्डारी
सुशन भारी
नरेश बहादुर बुढाएर
मोहम्मद आरिफ शेख
दीपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने