PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

टेलिकमका कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशनः निःस्वार्थ काम गर्नुस्



रासस

टेलिकमका कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशनः निःस्वार्थ काम गर्नुस्

काठमाडौं :  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमका कर्मचारीलाई संस्था र जनताको पक्षमा कसैको दबाबमा नपरी निःस्वार्थ भावनाले काम गर्न निर्देशन दिएका छन्। 

टेलिकमद्वारा आज आयोजित अन्तरक्रियामा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी अनुशासित ढंगबाट काम गर्न कर्मचारीलाई निर्देशन दिए। 

मन्त्री बस्नेतले टेलिकमको ग्राहकसँग संख्या, प्रचार-प्रसार र आम्दानीमा वृद्धि गर्नुपर्नेमा जोड दिए। मन्त्री बस्नेतले सही मान्छेलाई सही ठाउँ दिनुका साथै गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने बताए। 

वि सं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ। इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ। 

कार्यक्रममा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले टेलिकममा देखिएका ढिलासुस्तीबाट फड्को मार्दै योजनाबद्ध ढंगबाट सेवा विस्तार गर्नुपर्नेमा जोड दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell