PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बिपी साहित्य सम्मान’ वरिष्ठ साहित्यकार अभि सुवेदीलाई प्रदान



रासस

बिपी साहित्य सम्मान’ वरिष्ठ साहित्यकार अभि सुवेदीलाई प्रदान

काठमाडौंः ‘बिपी साहित्य सम्मान’ वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गरिएको छ।

जननायक बिपी कोइराला स्मृति ट्रष्टले विश्वेश्वरप्रसाद कोइरालाको १०३ औैँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा एक लाख एक हजार राशिको  ‘बिपी साहित्य सम्मान’ सुवेदीलाई प्रदान गरिएको हो।

प्रधानमन्त्री  शेरबहादुर देउवाले सुवेदीलाई सम्मान प्रदान गरे। कार्यक्रममा ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान’ तीर्थराज ज्ञवाली (चैतु)लाई प्रदान गरियो।

कार्यक्रममा प्रधानमन्त्री देउवाले विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी भएर प्रधानमन्त्री हुन पाउँदा आफूलाई गर्व लागेको बताए।

साहित्यकार सुवेदीले बिपी कोइरालाको साहित्य लेखन र राजनीतिबीच सम्बन्ध रहेको बताए। उनले अहिलेको समयमा बिपीको राजनीति र साहित्य कमजोर हुँदै गएको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell