PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

राप्रपा प्रवास विभागको प्रमुखमा खड्कालाई मनोनयन



पहिलोपोस्ट

राप्रपा प्रवास विभागको प्रमुखमा खड्कालाई मनोनयन

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधान वमोजिम प्रवास विभागको प्रमुखमा विजय खडका(दोलखा) लाई मनोनयन गरेका छन्।

अमेरिका, बेलायत, वेल्जियम,पोर्चुगल,नेदरल्यान्ड, जर्मन, जापान, दक्षिण कोरिया, युएई, कतार, हङकङ, आयरल्याण्ड, मेक्सिकोलगायत विश्वका २५ देशमा प्रवासी नेपाली एकता समाज नामको राप्रपाको भातृ संगठन सकृय छ।

प्रवासमा राष्ट्रियता, राष्ट्रिय पहिचान, हिन्दुत्व, नेपालको धर्म ,संस्कृति, पहिचान तथा प्रवासमा रहेका नेपालीको समस्याको विषयमा संगठनले कुरा उठाउँदै  आएको छ।

प्रवास क्षेत्रमा भएको निर्वाचनमा पनि यो संगठनले वलियो पकड वनाउदै आएको छ। राप्रपाको संगठन निर्माण,अनुगमन र विस्तार गर्न खड्काको महत्त्वपूर्ण भूमिका रहने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell