PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

दोस्रो जेष्ट ब्याडमिन्टन प्रतियोगिता सुरु



पहिलोपोस्ट

दोस्रो जेष्ट ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौं : जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा दोश्रो जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता –२०७४ बुधबारदेखि काठमाडौंमा सुरु भएको छ।

बशुन्धारास्थित एकेडेमीको आफ्नै प्राङ्गणमा हुने प्रतियोगितामा पुरुष एकलको खेलमा सेनाका  रत्नजित तामाङ, एपीएफका विजित थापा र सुदीप सेंढाई, पुलिसका गौतम कठायत र बिष्णु कटुवाल, शेर्पा ट्रेडर्सका सुनिल जोशी र प्रिन्स दाहाल, पुलिसका दिपेश धामी र दीपक बोहरा, कम्पिट हेल्थ क्लबका जीवन आचार्य र निर विक्रम देवकोटा, सेनाका नविन श्रेष्ठ र प्रफुल महर्जन, एपीएफका साजन कृष्ण ताम्राकार र सुमन लिम्बु, कैलालीका संजीव खड्का आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन्।

प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, मिश्रित जोडी, यू–१७ पुरुष र महिला एकल, ३५ बर्ष र ४५ बर्ष माथीको मास्टर गरि कुल ८ विधामा प्रतिस्पर्धा हुने छ।

पुरुष जोडी बाहेक सम्पूर्ण प्रतियोगिता खुल्ला प्रतिस्पर्धा हो। पुरुष जोडीमा भने नेपाल ब्याडमिन्टन संघको र्‍याङिकङ्गमा उच्च दस स्थानमा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउने छैनन्।

कुल ७ लाख ८० हजार लागत रहेको प्रतियोगितामा ३ लाख २८ हजार पुरस्कारमा खर्च हुने छ। जसमा पुरुष एकल र जोडीतर्फ प्रथम र द्वितियले नगद २५ हजार र १५ हजार तथा तृतिय स्थान प्राप्त गर्ने अर्थात सेमिफाईनलिष्टले नगद ५–५ हजार प्राप्त गर्ने छन्।

यस्तै महिला एकलतर्फ प्रथम, द्वितियले नगद २० हजार र १२ हजार तथा तृतिय हुने दुईले नगद ४–४ हजार प्राप्त गर्नेछन्। यू–१७ महिला तथा पुरुषमा पहिलो र दोश्रो हुनेले नगद १६ हजार र ८ हजार तथा तेश्रो हुने दुईले नगद ३–३ हजार प्राप्त गर्नेछन्। यस्तै मिश्रित जोडी र मास्टर तर्फका पहिलो, दोश्रो हुनेले २० हजार र १२ हजार तथा तेश्रो हुने दुईले ४–४ हजार प्राप्त गर्ने छन्।

यस्तै प्रतियोगितामा अनुशासित एक खेलाडीलाई काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघले प्रायोजना गरेको १० हजार नगद पुरस्कार प्रदान गरिने छ। नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा २१९ खेलाडीहरुको सहभागिता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell