PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

देश विकासका लागि राजनीतिक स्थिरता आवश्यकः कोइराला



रासस

देश विकासका लागि राजनीतिक स्थिरता आवश्यकः कोइराला

नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले अब देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस क्षेत्र नं. ६ नवलपरासीद्वारा सुर्यपुरामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले देशको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेकोले सबै मिलेर राष्ट्रलाई समृद्ध बनाउनुपर्ने बताए। 

असंख्य सम्भावना रहेको नेपालमा अब चौतर्फी विकास गर्न आवश्यक देखिएकाले आगामी दिनमा सबै पक्ष एकजुट भई समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने महामन्त्री कोइरालाको भनाइ थियो । 

कार्यक्रममा सिँचाइमन्त्री सञ्जय गौत्तमले नेपाल र भारतबीच देखिएको सिँचाइसम्बन्धी समस्या कुटनीतिक माध्यमद्वारा समाधान गरिने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell