
काठमाडौं: अखिल नेपाल फुटबल संघले पहिलो पटक आयोजना गरेको राष्ट्रिय फुटसल लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ।
सहभागि १६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग खेलाएपछि क्वाटरफाइनलका खेलहरु हुने भएको हो।
दुवै समूहमा शीर्ष ४ स्थानमा रहने टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
जसमा समूह ए बाट किक अफ फुटसल, बिजी फुटसल, धनवन्तरी फुटसल र स्वयम्भू फुटसल क्रमश: पहिलो, दोस्रो, तेस्रो र चौथो भए।
यस्तै समूह बी बाट शंखमुल फुटल, सामाखुशी फुटसल, फुटसल एरेना र चउर रिक्रिएसनल शीर्ष चारमा रहन सफल भए।
बुधबार लिग चरणका कूल ८ खेल भएको थियो। जसअन्तर्गत चउर रिक्रिएसनल सेन्टरमा भएको खेलहरुमा शंखमुलले ढुकुलाई ४-३, सामाखुशीले चउरलाई ६-४, फुटसल एरेनाले फुटसल भिलेजलाई ३-२ र रजिनी फुटसलले रेभ फुटसललाई ७-२ ले हरायो।
यता स्तुपा फुटसलमा भएकव खेलहरुमा किक अफले बिजी फुटसललाई ९-६, धनवन्तरीले बिजी ब्रदर्सलाई १०-३, खालीबारीले खुमलटारलाई १०-९ तथा स्वयम्भूले हरिसिद्धीलाई ९-७ ले पराजित गर्यो।
अब क्वाटरफाइनलमा किक अफले चउर रिक्रिएसनल, सामाखुशीले स्वयम्भू, बिजी फुटसलले फुटसल एरेना तथा शंखमुलले धनवन्तरीसँग खेल्नेछ।
क्वाटरफाइनलका चार वटै खेलहरु बिहिबार चउर रिक्रिएसनल सेन्टरमा खेलाइनेछ।