PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु



पहिलोपोस्ट

पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नवलपरासी: पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो।

दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सीता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। सीताको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

कारमा अज्ञात समूहद्वारा आगजनी

नवलपरासीको कावासोती नगरपालिका–३ थकालीचोकमा बुधबार घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन्।

आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरिएको हो। आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय, नवलपुरले जनाएको छ। आगजनी कसले र किन गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell