PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

म्यानमारका एक लाख २५ हजार रोहिङ्गा बङ्गलादेशको शरणमा: राष्ट्रसंघ



पहिलोपोस्ट

म्यानमारका एक लाख २५ हजार रोहिङ्गा बङ्गलादेशको शरणमा: राष्ट्रसंघ

बङ्गलादेश:  म्यानमारमा केही समययता भड्किएको हिंसाका कारण यहाँको अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका करिब १ लाख २५ हजार बङ्गलादेश पुगेका संयुक्त राष्ट्रसंघले मंगलबार जानकारी दिएको छ।

गत एघार दिनयता म्यानमारको राखिन राज्यमा भएको हिंसाको कारण १ लाख २३ हजार ६०० सय व्यक्तिले म्यानमार र बङ्गलादेशको सीमा क्षेत्र पार गरेर बङ्गलादेश पुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

हाल पुगेका म्यानमारका शरणार्थीका कारण बङ्गलादेशमा रहेको शरणार्थी शिविरहरूमा अत्यन्त भिडभाड भएको बताइको छ। यसअघि नै बङ्गलादेशमा करिब चार लाख रोहिङ्गा शरणार्थी रहेका बताइएको छ।

म्यानमारमा गत अगस्त २५ बाट शुरु भएको हिंसाका कारण शरणार्थीको रूपमा त्यस समुदायका ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार गत अगस्त २५ बाट मंगलबारसम्म बङ्गलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको संख्या करिब १ लाख २३ हजार ६०० पुगेको थियो। यो क्रम अहिले पनि जारी रहेको उनीहरूको भनाई छ।

म्यानमारको राखिन राज्यमा पछिल्लो समय जाती र धर्मका कारण हिंसा भड्किँदै गएको छ। राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा शुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रम पनि बढेको हो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell