
बर्लिन: झण्डै तीन सय जना अति उग्रवादी इलामिस्टका लडाकु जर्मनीको कारागारमा थुनामा परेका छन्।
“फुङक” मिडिया ग्रुपले देशभरी गरेको अनुसन्धानबाट भेटिएको यस विवरणलाई बुधबार सार्वजनिक गरेको हो। जर्मनीका सबै क्षेत्रीय न्याय मन्त्रालयअन्तर्गतका कार्यालयहरूमा पुगेर विवरणहरू संकलन गर्दा याे विवरण भेटिएको अनुसन्धानकर्ताले बताएका छन्।
जर्मनीको हेस्से, बाभारिआ, उत्तर रहिने पश्चिम फालिआ र बर्लिनका कारागारहरूमा ठूलो संख्यामा इस्लामिस्ट भेटिएको प्रतिवेदनमा उल्लेख छ।
बाभारिआमा मात्रै ५५ जना बन्दी रहेको र उनीहरूले “इस्लामिस्ट एसोसिएसन” गठन पनि गरेका छन्। उनीहरूलाई हिंसाका आधारमा वर्गीकरण गरिएको छ।
त्यसै गरी उत्तर पश्चिम फालिआको कारागारमा ४६ जना इस्लामिस्टको गणना गरिएको थियो भने बर्लिनमा ४२ जना र हाम्बर्गमा १२ जना भेटिएका थिए। रासस/सिन्ह्वा