PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी: मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठोकिदाँ आज बिहान एक युवकको मृत्यु भएको छ।

पश्चिमतर्फ जाँदै गरेको मे १ च १२३६ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको को ९ प ८८१३ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएकाे थियो। दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–३ का २५ वर्षीय संजोग लिम्बूको मृत्यु भएको छ।

गम्भीर घाइते लिम्बूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार बेलबारी–३ कै २१ वर्षीय रञ्जीत घले गम्भीर घाइते भएकाले उनको धरानमै उपचार भइरहेको छ।

दुर्घटनामा भ्यानमा सवार महोत्तरी जलेश्वर नगरपालिका–२ का ५९ वर्षीय सुरेन्द्रप्रसाद पनि गम्भीर घाइते भएकाले उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

भ्यान र त्यसका चालकसहित मोटरसाइकललाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell