PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

शान्ति प्रक्रियालाई सघाउन पोप फ्रान्सीस कोलम्बिया भ्रमणमा



रासस

शान्ति प्रक्रियालाई सघाउन पोप फ्रान्सीस कोलम्बिया भ्रमणमा
फोटो श्रोतः latimes.com

इटाली :  क्रिश्चियन धर्म गुरु पोप फ्रान्सीस कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्देश्यले बुधबार कोलम्बियाको भ्रमणमा गएका छन्।

उनको भ्रमणले कोलम्बियाको शान्ति पूर्ण अवस्थालाई स्थायित्व र तार्किक निश्कर्षमा पुर्याउने अपेक्षा गरिएको छ। 

कोलम्बियामा हजारौँ मानिसको ज्यान जाने गरी झण्डै ५० वर्षसम्म चलेको आन्तरिक द्वन्द्वको अन्त्य गर्नेगरी हालै मात्रै शान्ति प्रक्रिया अगाडि बढेको छ। 

उनको भ्रमण हुने भएपछि कोलम्बियाको सरकार र सबैभन्दा पछिसम्म युद्धमा रहेको विद्रोही समूह ईएलएनले युद्ध विरामको घोषणा गरेका छन्। 

ल्याटिन अमेरिकाको सबैभन्दा लामो गृहयुद्ध अन्त्य गरी पूर्ण शान्ति स्थापना गर्ने महत्वपूर्ण प्रयासको रूपमा यसलाई लिइएको छ। 

पोपले भिडियो सन्देशमा भनेका छन्,‘शान्ति के हो भन्ने कुरा कोलम्बियाले लामो समयदेखि महत्व बुझेको छ, त्यो उपलब्धिका लागि यसले प्रयास पनि गरिरहेको छ, स्थायित्व र तार्किक निश्कर्षमा पुग्ने शान्ति स्थापना गर्न एकले अर्कालाई शत्रु होइन दाजुभाइको रूपमा हेर्नु र व्यवहार गर्नु पर्दछ।’

पाँचदिने भ्रमण अगाडिको उनको सन्देशमा भनिएको छ, ‘हामीले एउटा बच्चा र उसको आफ्नै बुबा जस्तो प्रेम र भरोसापूर्ण सम्बन्ध बनाउनु पर्दछ।’

कोलम्बियामा करिब आधा शताब्दीसम्म जारी द्वन्द्वमा परी दुई लाख ६० हजारको मृत्यु भएको थियो भने ६० हजार बेपत्ता भएका थिए। त्यसै गरी सात लाख मानिस विस्थापित भएका छन्। 

रक्तपात पूर्ण चक्रको अन्त्य गर्न बलपूर्वक कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह फार्कसँग विवादास्पद र ऐतिहासिक शान्ति सम्झौता भयो । तर यस सम्झौता विद्रोहीप्रति बढी लचक भएको भन्दै आलोचना पनि भएको छ। 

गतवर्ष सो सम्झौता पुनःविचार गर्नुपर्ने भन्दै जनमत संग्रहबाट झिनो मत अन्तरले अस्वीकृत भएको थियो। तर पनि राष्ट्रपति जोन म्यानुएल सान्तोष र फार्क विद्रोहीका नेताहरूले संयमता कामय राख्दै संसदबाट सम्झौतालाई पारित गराए। 

संसदबाट पारित गराउने बेलामा पनि विपक्षी रुढीबादी पाटीका नेता अल्भारो युरिब सम्झौताको विपक्षमा थिए। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell