PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अन्योलमा अग्रिम टिकट बुकिङ : फोन नम्बर लिँदै यात्रु फर्काए व्यवसायीले



अमर बडुवाल

अन्योलमा अग्रिम टिकट बुकिङ : फोन नम्बर लिँदै यात्रु फर्काए व्यवसायीले

काठमाडौं :  दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ गर्ने भनिए पनि सरकारले व्यवसायीकाे माग सम्बोधन नगरेकाले अग्रिम टिकट बुकिङ गरेका छैनन्।


पटक पटक वार्ता र छलफल पछि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको थियो। यातायात व्यावसायीहरुको छतमा सामान राख्न पाउनुपर्ने र खाल्डाखुल्डी पुर्नु पर्ने माग सरकारले पूरा गर्न नसकेकाले अग्रिम टिकट नदिएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए। 


‘उहाँहरुको माग सम्बोधन गर्नको लागि ऐन संशोधन गर्नुपर्छ। ऐन संशोधन गर्ने कुरा रातारात हुँदैन। हामीले निर्णय गरेर मात्र हुँदैन मन्त्रिपरिषदले निर्णय अनुमोदन गरेपछि ऐन संशोधन हुन्छ।’ यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भने, ‘व्यवसायीहरु सरकारले सहमति नभई नारायणघाट–मुग्लीन सडकखण्डकाे पहिरोले गाडीहरु समयमा आउनरजान समस्या हुन्छ भनेर टिकट बुकिङ नगरेको हुनुपर्छ।’  

अब फेरि व्यवसायीहरुसँग बसेर छलफल गरेपछि अग्रिम बुकिङको अर्को मिति तय हुने पाण्डेले बताए।
  
महासंघका महासचिव सिटौला भने सरकारले यात्रुको सामान लैजाने व्यवस्था र बिग्रेको सडकको खाल्डाखुल्डी पुरिदिएको भए अग्रिम टिकट बुकिङ गर्न व्यवसायीलाई कुनै समस्या नभएको बताउँछन्।

सरकारले यात्रु मात्रै जानु झोला झम्टा नबोक्नु भनेर विज्ञप्ती निकालोस, हामी बुकिङ खोल्न तयार छौं। तर, झोला नलिएर यात्रुहरु जान तयार छैनन् भन्ने कुरा आज बसपार्कमा कोही पनि यात्रु टिकट बुकिङको लागि नआउनुले प्रमाणित गरेको सिटौलाको तर्क छ।

 स्कुल छाडेर टिकट लिन
अर्घाखाँचीका असिम जिसी र उनका २० जना साथीहरु बिहानै बसपार्क पुगेका थिए। असोज १ देखि ७ गतेसम्म कलेजले लिने परीक्षा भएकाले ८ र ९ गतेको टिकट बुक गर्न कलेज नगई बसपार्क पुगे पनि उनीहरुले टिकट पाएनन्।

होस्टेलमा बसेर पढिरहेका उनीहरु टिकटको अन्यौलताले पढाइलाई बाँधा पुग्ने बताउँछन्।
 
बझाङका वीरेन्द्र बिसी र सम्सेप चन्द पनि बिहान ६ बजे नै बसपार्क पुगेका थिए। ६ कक्षा पढ्ने १० वर्षीय चन्द र १६ वर्षीय बिसी टिकट नपाएपछि चिन्तित देखिन्थे।

 ९ गतेको टिकट लिन आएका उनीहरु घरजान समस्या नभएपनि गाडी परिवर्तन गर्नुपर्नेमा चिन्तित थिए। समयमै टिकट काट्न पाएको भए सिधै बझाङको टिकट लिन हुन्थ्यो नभएपछि अव धनगढीसम्म गएर त्यहाँबाट बझाङ जानु पर्ला। बिसीले भने।
 
धनगढीका युवराज खडायत पनि सुन्धारा हुँदै ७ बजे नयाँ बसपार्क पुगे। बुवालाई घर पठाउन अग्रिम टिकट लिन आएका उनी टिकट नपाउँदा सास्तीमात्रै पाईएको गुनासो गर्छन्।

एकनएक पटक त टिकट खुलाउँछन होला। अब अर्कोपटक आउँछु। तर यसरी टिकट दिन नसकिने कुरा अगाडिनै जानकारी गराउनुपर्ने उनको धारणा छ।
 
सम्पर्क नम्बर बाँड्दै व्यवसायी

अग्रिम टिकट खुल्ने कुराको टुङ्गो छैन। नयाँ गाडी पनि यो वर्ष छैनन्। भएका गाडीहरु पनि धेरै बिग्रेका छन्। तपाईहरु सम्पर्क नम्बर लिएर जानुस् र पछि सम्पर्क गर्नुस। 
 
सबै टिकट काउन्टरमा बसेका कर्मचारीहरु सम्पर्क नम्बर बाँडिरहेका थिए। उनीहरु मनोवैज्ञानिक रुपमा सम्पर्क गरेर टिकट लिन दवाव दिरहेका थिए।

 काउन्टरमा टिकट नदिए पनि नेपालगञ्जका सुरेश चौधरीले भने एक हप्ता अघिनै असोज ६ गतेका लागि ६ वटा टिकट बुक गरिसकेका छन्।
घरबनाउने काम गर्ने उनको समूहका सबैले जनही १३०० रुपैयाँ तिरेर टिकट लिएका थिए।
 
टिकट नदिएर सम्पर्क नम्बर दिनुमा व्यावसायीको स्वार्थ लुकेको स्पष्ट छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell