PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

उपेन्द्र यादवले भने– वीरगञ्जलाई प्रदेश राजधानी बनाउन पहल गर्छु 



पहिलोपोस्ट

उपेन्द्र यादवले भने– वीरगञ्जलाई प्रदेश राजधानी बनाउन पहल गर्छु 

वीरगञ्जः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगञ्ज हुनेमा अझै आशंका रहेको बताएका छन्।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वीरगञ्जलाई दुई नम्बर प्रदेशको राजधानी बनाउन आफ्नो पहल हुने बताए। 

उनले भने,‘प्रदेशिक राजाधानी वीरगञ्ज हुन्छ कि हुँदैन, अहिले भन्न सक्दिन, त्यसको निर्णय प्रादेशिकसभाको पहिलो बैठकले गर्नेछ।’

यादवले वीरगञ्जलाई साँच्चै महानगरको वातावरण तयार पार्न आफ्नो पार्टीले सक्षम नेतृत्व मैदानमा उतारेको बताए।

संविधान सशोधनको सवालमा सम्पूर्ण मधेसीको संविधानमा स्वीकार्यताका लागि संविधान पुनर्लेखन र संशोधन आवश्यक रहेको उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell