PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पोखराबाट अपहरित बालिका धादिङमा उद्धार



रासस

पोखराबाट अपहरित बालिका धादिङमा उद्धार

धादिङ :  पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिएकाे दुर्इ वर्षीय बालिकालाई धादिङमा प्रहरीले उद्धार गरेको छ। 

धादिङस्थित पृथ्वीराजमार्ग थाक्रे गाउँपालिका खेस्टेबाट बालिकालाई उद्धार गरिएको प्रहरी सहायक निरीक्षक सिम जिसीले जानकारी दिए।

धादिङको धुनीबेसी नगरपालिका धार्केका २७ वर्षीय सन्तोष सापकोटाले बालिकालार्इ बोकेर सडक हिँडिरहेको अवस्थामा स्वाथानियवासीले प्रहरीलाई खबर गरेका थिए। 

आरोपी सापकोटालाई सोधपुछपछि प्रहरीले पक्राउ गरेको छ भने बालिकाको नातेदारको खोजी गरी जिम्मा लगाइने प्रहरीले जनाएको छ।

पोखराको चिप्लेढुङ्गा क्षेत्रमा कवाडी सामानको काम गर्ने बालिकाका बाबुआमालाई आफूले घरमा बालिका हेरी दिने बताएर उनीहरु काममा गएको बेला धादिङ ल्याएको प्रारम्भिक अनुसन्धानमा सापकोटाले प्रहरीलाई बताएका छन्।

सापकोटाले बालिकालाई भदौ २० गते दिउँसो पोखराबाट ल्याएको बताए पनि अपहरण किन गर्यो भन्नेबारे अझैसम्म केही नखुलेकाले अनुसन्धानपछि आरोपीविरुद्ध मुद्दा चलाइने जनाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell