PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कास्कीमा चोरी गरी फरार भएका अभियुक्त २९ वर्षपछि पक्राउ



रासस

कास्कीमा चोरी गरी फरार भएका अभियुक्त २९ वर्षपछि पक्राउ

पोखरा :  जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ। 

कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको फैसलाअनुसार एक वर्ष दुई महिना १५ दिन कैद तोकिएका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ का राजेन्द्र भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार सार्वजनिक अपराधमा संलग्न भई लुकीछिपी बसेका पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ लालीगुराँस टोल बस्ने ललित गुरुङ, लागूऔषध मुद्दाअन्तर्गत तीन महिना छ दिन कैद र पाँच हजार जरिवाना तोकिएका पोखरा–६ का विवेक तामाङ र चोरी मुद्दामा दुई दिन कैद र २० हजार ७५ बिगो तोकिएका पोखरा–९ अभियुक्त शुभम गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell