PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु



रासस

ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु

चितवन :  पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार खैरहनी नगरपालिका– १० शान्ति बजारको भित्री सडक खण्डमा ना ६ ख २३८९ नम्बरको ट्रकले ना२०प ६८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो। 

खैरहनी नगरपालिका–१० का अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरलाई ठक्कर दिने ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell