PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

वीरगञ्ज महानगरको मेयरमा ३५ र उपमेयरमा ११ जनाकाे उमेद्वारी



राधेश्याम पटेल

वीरगञ्ज महानगरको मेयरमा ३५ र उपमेयरमा ११ जनाकाे उमेद्वारी

वीरगञ्जः वीरगञ्ज महानगरपालिकाको मेयरका लागि ३५ जना चुनावी  मैदानमा उत्रिएका छन्।  

असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन कार्य तालिका अनुसार बुधबार भएको मनोनयन दर्तामा मेयरका लागि ३५ जनाले र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत विष्णु सुबेदीले जानकारी दिए।

वीरगञ्ज महानगरमा रहेका ३२ वटा वडाको वडा अध्यक्ष पदका लागि २ सय ६६ जना, दलित सदस्यमा २ सय १३ जना, दलित महिला सदस्यमा १ सय ६०  र खुल्ला सदस्यतर्फ ४ सय ६३ जना गरी कुल १ हजार १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मेयरका लागि मनोनयन दर्ता गराउनेहरुमा नेपाली कांग्रेसकातर्फबाट अजय द्विवेदी, नेकपा एमालेतर्फबाट बसरुद्धिन अन्सारी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, संघीय समाजवादी फोरम नेपालकातर्फबाट विजय सरावगी, राष्ट्रिय जनता पार्टीकातर्फबाट राजेशमान सिंह र नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव छन्। 

नेपाली जनता दलकातर्फबाट मनोज रौनियार, राप्रपाबाट अर्जुनबहादुर सिंह ठकुरी, नेकपा संयुक्तबाट मुन्नाकुमार साह कानु, नेकपा मालेबाट लक्ष्मीराज न्यौपानेले मेयरका लागि उम्मेदवारी दिएका छन्।

मेयरका लागि स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ। स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुमा महम्मद रजा , लक्ष्मण साह तेली , देवकीलाल साह कानु, विल्टु राउत बरइ, छोटेलाल राउत कुर्मी , बिकाउ राउत अहिरलगायत छन्।

उपमेयरमा नेपाली कांग्रेसबाट शान्ति कार्की, नेकपा एमालेबाट सोफिया आचार्य, नेकपा माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, संघीय समाजवादी फोरम नेपालबाट पिंकी यादव, राजपाबाट रम्भा मिश्रा, लोकतान्त्रिक फोरमबाट रिंकी यादव, नेपाली जनता दलबाट गौतली राउत र राप्रपा(प्रजातान्त्रिक)बाट सुमेश्वरनाथ उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन्। उपमेयरमै स्वतन्त्रबाट अमोद गिरी र श्यामबाबु पटेलले पनि उम्मेदवारी दर्ता गराएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell