
वासिङ्टन : साउदी अरेबियाका नरेश सल्मान अमेरिकाको अौपचारिक भ्रमणमा जाने भएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले साउदी अरेबियाका नरेश सल्मान अमेरिका भ्रमणमा आउन लागेका जानकारी दिएको हो।
साउदी अरेबियाका नरेश सल्मान आगामी सन् २०१८ को सुरुमै अमेरिकाको औपचारिक भ्रमणमा आउन लागेका ह्वाइट हाउसले बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ।
उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि जान लागेका बताइएको छ।
राष्ट्रपति ट्रम्प र साउदी नरेश सल्मान बीच फोनमा वार्ता भएको थियो। वार्तामा द्विपक्षीय हितको प्रवद्र्धनका लागि के कसरी रणनीति बनाएर अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो।
उनीहरु बीच मध्यपूर्वमा सुरक्षा र सम्बृद्धिको बारेमा कसरी द्विपक्षीय लाभान्वित हुने भन्ने बारेमा कुराकानी भएको ह्वाइट हाउसद्वरा जारी विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ– दुवै नेताहरु यस विषयमा सहमत हुनुभयो कि साउदी नरेश सल्मान आगामी सन् २०१८ को सुरुवातमा अमेरिका भ्रमणमा आउनुहुने भएको छ।
संयुक्त राज्य अमेरिका हाल कतारसँगको कूटनीतिक संकट समाधानका लागि मार्ग खोजिरहेको जनाएको छ। कतारको उसका छिमेकी मध्यपूर्वी देशसँग पछिल्लो समयमा सम्बन्ध बिग्रिएको छ।
त्यसको समाधान गर्न अमेरिकाले चासो देखाएको बताइएको छ। यस विषयमा पनि उनीहरुबीचको भेटमा कुराकानी हुने जनाइएको छ। रासस/एएफपी